कुमार थापाको शव साउदीमा ४ महिनादेखि अलपत्र « Khabarhub

कुमार थापाको शव साउदीमा ४ महिनादेखि अलपत्र



दोहा- वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर मृत्यु भएका एक नेपालीको शव अलपत्र परेको छ ।

साउदीमा मृत्यु भएका कुमार थापाको ठेगाना र आफन्तको पहिचान हुन् नसक्दा शव अलपत्र अवस्थामा रहेको छ ।

साउदी प्रहरीले शवको जिम्मेवार कोहि नभएको भन्दै डिसपोज गर्न खोजेको भए पनि साउदीस्थित नेपाली दूतावासले रोकेर आफन्तलाई खोज्ने प्रयास गरिरहेको प्रबासी नेपाली समन्वय समितिका बाह्य सम्पर्क संयोजक नारायण पासवानले जानकारी दिए ।

प्रहरीले नेपाली दूतावासमा थापाले आत्महत्या जानकारी दिएको थियो । प्रहरीले जानकारी दिएपछि दूतावासले थापाको नेपालको ठेगाना र आफन्त खोजी गर्दा नभेटेको सम्पर्क संयोजक पासवानले बताएका छन् ।

उनले गत मे महिनामा आत्महत्या गरेपनि अहिलेसम्म आफन्तको पहिचान नहुँदा ४ महिनादेखि शव साउदीमा अलपत्र परेको पासवानले बताए ।

मृतक थापा गैरकानुनी रुपमा रहेर काम गरेको कारण पनि उनको पहिचान गर्न थप समस्या भएको छ भने हस्तलिखित पासपोर्ट भएकाले नामबाहेक अन्य कुनै जानकारी पाउन नसकेको उनले बताए । मृतकको बारेमा जोकोहीलाई जानकारी भए नेपाली दूतावासमा सम्पर्क आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ३० बजे

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको