म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा कोरोना संक्रमित « Khabarhub

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा कोरोना संक्रमित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

फ्रान्सेली मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको बीबीसीले जनाएको छ ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका छन् ।

कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

२७ वर्षीय पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहेका थिए ।

तर, कोरोना देखिएपछि विश्वकप विजेता पोग्बाको स्थानमा एडवार्डो कामाभिङ्गालाई टिममा बोलाईएको छ ।

कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आईसोलेसनमा रहेका छन् ।

उनले युनाइटेडको प्रि-सिजन तयारी पनि गुमाउने भएका छन् ।

कोरोना देखिएपछि अर्का मिडफिल्डर टान्गुइ एन्डोमबेले पनि फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले सेप्टेम्बर ५ मा स्विडेनसँग खेल्नेछ ।

यस्तै सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ३५ बजे

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,