म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा कोरोना संक्रमित | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा कोरोना संक्रमित


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

फ्रान्सेली मिडफिल्डर पोग्बालाई कोरोना पोजेटिभ देखिएको बीबीसीले जनाएको छ ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना देखिएको पुष्टि गरेका छन् ।

कोरोना देखिएपछि पोग्बा फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

२७ वर्षीय पोग्बा नेसन्स लिग खेल्ने फ्रान्सको टिममा रहेका थिए ।

तर, कोरोना देखिएपछि विश्वकप विजेता पोग्बाको स्थानमा एडवार्डो कामाभिङ्गालाई टिममा बोलाईएको छ ।

कोरोना देखिएपछि पोग्बा १४ दिनको सेल्फ आईसोलेसनमा रहेका छन् ।

उनले युनाइटेडको प्रि-सिजन तयारी पनि गुमाउने भएका छन् ।

कोरोना देखिएपछि अर्का मिडफिल्डर टान्गुइ एन्डोमबेले पनि फ्रान्सको टिमबाट बाहिरिएका छन् ।

नेसन्स लिगको पहिलो खेलमा फ्रान्सले सेप्टेम्बर ५ मा स्विडेनसँग खेल्नेछ ।

यस्तै सेप्टेम्बर ८ मा क्रोएसियासँग खेल्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ३५ बजे

होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

काठमाडौं– कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार

सिभिल हस्पिटलका नर्स धर्नामा (तस्बिरहरू)

काठमाडौं– निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र

तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।‍  नेपाल

शेखर पक्षको भेलापछि महामन्त्रीद्वयले बुझाए कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको तालिका

काठमाडौं- डा.शेखर कोइराला पक्षको भेलापछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन