विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना संक्रमण « Khabarhub

विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना संक्रमण


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर २ करोड ४६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म २ करोड ४६ लाख ५ हजार ३०६ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ७० लाख ७६ हजार ५२९ जना संक्रमण मुक्त भएका छन् ।

एकै दिन थप ५ हजार ८६१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ३४ हजार ७७३ पुगेको छ ।

अहिले ६६ लाख ९४ हजार ४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६१ हजार ३९६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ५९६ जनाको मृत्यु भएको छ । ३४ लाख ८० हजार ९६२ जना संक्रमित भएकोमा २० लाख ३३ हजार ८० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६५ हजार ६६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७१ लाख ४८ हजार ७०५ पुगेको छ । त्यसमध्ये ४० लाख ९८ हजार ८७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३६ हजार ५५१ जनाको मृत्यु भएको छ । ६६ लाख ८१ हजार ८३९ जना संक्रमित भएकोमा ५३ लाख २५ हजार १३० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९६ हजार ४३४ जनाको मृत्यु भएको छ । ६० लाख ३९ हजार ९१६ जना संक्रमित भएकोमा ४६ लाख ३९ हजार ३२७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ९१० जनाको ज्यान गएको छ भने १२ लाख २५ हजार २४९ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ५७ हजार ८५४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६ सय जनाको मृत्यु भएको छ । २७ हजार ९१४ जना संक्रमित भएकोमा २२ हजार ४ सय जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : ४६ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको