पहिरो पीडितलाई आश्रयस्थल « Khabarhub

पहिरो पीडितलाई आश्रयस्थल


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पीडितलाई युवा र विद्यार्थीले श्रमशिविर सञ्चालन गरेर आश्रयस्थल बनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा सङ्घ र अनेरास्ववीयू म्याग्दीको टोलीले युवा र विद्यार्थी परिचालन गरेर आश्रयस्थल बनाएका हुन् । ६३ परिवारका लागि ५१ वटा जस्तापाटाले छाएको टहरा बनाएको राष्ट्रिय युवा सङ्घका नेता शिशिर शाहीले जानकारी दिए ।

गाउँपालिकाले जस्तापाटा खरिद गरेको थियो । राष्ट्रिय युवा सङ्घ म्याग्दीका संयोजक प्रवीन शाही र अनेरास्वबीयूका संयोजक सुवास विश्वकर्मा नेतृत्वको टोलीले टहरा छाउन श्रमदान गरेका थिए ।

पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थायी बसोबासका लागि गत साउनमा ४० जना युवा, विद्यार्थी नेतासहित स्थानीय युवाले पाँच दिन श्रमशिविर चलाएर ५१ वटा टहरा बनाएका थिए ।

सो टहरा छाएर पूर्णता दिन बुधबार र बिहीबार २० जनाले श्रमदान गरेका थिए । यसअघि टहरा बनाउनका लागि बाँस र काठ सङ्कलन गर्ने तथा व्यवस्थापनको काम गरेका थिए । बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका छन् ।

घण्टीवाङ र रिखका पहिरो पिडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थायी शौचालय र सेफ्टी ट्याङ्की बनाएका छन् ।
मराङको कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् । पहिरोले १७ घरमा पूर्ण, १५ घरमा आंशिक क्षति र ७८ घर उच्च जोखिममा भएका वडा अध्यक्ष राजाराम सुवेदीले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : ५७ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने