वकिलले कालो कोट लगाउने कारण यस्तो ? « Khabarhub

वकिलले कालो कोट लगाउने कारण यस्तो ?


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्सर तपाईंले फिल्म वा प्रत्यक्ष पनि वकिलले कालो कोट र सेता सर्ट लगाएको देख्नु भएको होला । तर सायद तपाईंलाई किन वकिलले कालो कोट लगाउँछन् भन्नेबारे थाहा छ ? किन उनीहरु अन्य कुनै रंगको कोट लगाउदैनन् ?

वकिलले कालो कोट लगाउनु कुनै फेसन होइन । यसको पछाडी रोचक कारण छ । खासमा सन् १३२७ मा एडवर्ड तृतीयले वकालतको शुरुवात गरेका थिए । त्यस समय वकालतका लागी ड्रेस कोडका आधारमा न्यायाधिशको भेषभुषा तयार पारियो । न्यायाधिशलाई शिरमा कपालको एक बिग लगाउने चलन चलाइयो ।

वकालत शुरुवात गर्दाताका वकिललाई ४ भागमा विभाजित गरिएको थियो । जसमा स्टुडेन्ट, प्लीडर, बेञ्चर र बैरिस्टर थियो । यी सबैले न्यायाधिशको स्वागत गर्दथे । त्यस समय अदालतमा सुनौलो रातो कपडा र खैरो रंगको गाउन लगाइन्थ्यो । तर पछि सन् १६०० मा वकिलको भेषभुषामा परीवर्तन गरियो । तर यो लामो चलेन ।

पछि सन् १६३७ मा वकिलले पनि जनताको जस्तै पहिरन लगाउनु पर्ने नियम बनाइयो । यस नियममा वकिलले लामो गाउन लगाउन शुरु गरे । यसले न्यायाधिश र वकिललाई अरु भन्दा फरक देखाउथ्यो ।

पछि सन् १६९४ मा बेलायतकी महारानी क्वीन मैरीको मृत्यु भयो । यसै क्रममा उनका पती राजा विलियम्सले सबै न्यायधीश र वकिललाई सार्वजनिक रुपमा शोक मनाउन कालो पहिरनमा आउने आदेश दिए ।

यसपछि वकिलले कालो कोट लगाउन थाले । यो नियम कसैले बनाएर वा गर्नैपर्छ भनेर भनिएको होइन । त्यसपछि वकिलले यहि पहिरनलाई लगाउन थालेपछि कालो कोट लगाउने प्रथा बस्यो ।

आजकल कालो कोट वकिलको पहिचान बनको छ । यसैलाई पछि हरेक देशमा नियम झै बनाइयो । कालो कोट, सेतो सर्टमा वकिल अनुशाशित देखिने र न्याय प्रति विश्वास गरिने मान्यता छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ९ : ११ बजे

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि