मेस्सी बार्सिलोना बसे अध्यक्ष राजीनामा दिन तयार « Khabarhub

मेस्सी बार्सिलोना बसे अध्यक्ष राजीनामा दिन तयार


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारति बार्सिलोनाका अध्यक्ष जोसेफ मारियो बर्तमोउले कप्तान लियोनल मेस्सीलाई क्लबमा राख्न आफु पद छाड्न तयार रहेको बताएका छन् । बिहीबार बेलुका अध्यक्ष बर्तमोउले मेस्सीलाई क्लबमा राख्न आफुले राजीनामा दिने बताएका छन् ।

गएको मंगलबार कप्तान मेस्सीले एक्कासी अध्यक्ष बर्तमोउलाई क्लब छाड्ने योजनासहित पत्र काटेपछि मेस्सीले बार्सिलोना छाड्ने चर्चा चलेको हो ।

मेस्सी क्लब र पदाधिकारीहरुको कार्यशैलालाई असन्तुष्ट भएको बताइन्छ । त्यसैमाथि अगस्टको मध्यमा भएको च्याम्पियन्स लिगको क्वाटरफाइलमा व्येहोरेको लज्जास्पद हारले पनि उनी क्लबमा बस्न नचाहेको बताइन्छ ।

मेस्सीले बार्सिलोना छाड्ने भनेपछि प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालीयन क्लब इन्टर मिलानले आफसी प्रतिस्पर्धा गरिरहेका छन् ।

तर, अहिलेसम्म कुनै निर्णय भइसकेको छैन् । पछिल्लो समय अध्यक्ष आफै राजीनामा दिन तयार भएपछि अहिले बार्सिलोना मेस्सीलाई जुनसुकै अवस्थामा पनि राख्ने देखिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १ : ४२ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको