काभ्रेको स्पाईनल इन्जुरी अस्पतालमा ६८ जनामा कोरोना संक्रमण « Khabarhub

काभ्रेको स्पाईनल इन्जुरी अस्पतालमा ६८ जनामा कोरोना संक्रमण


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काभ्रे- बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको स्पाईनल इन्जुरी अस्पतालमा एकै दिन २८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त अस्पतालमा यस अघि ४० जनामा कोरोना पुष्टि भई सकेको छ ।

अस्पताल भित्र मात्रै संक्रमितको संख्या ६८ पुगेको छ । अस्पतालको सम्पर्कमा रहेका स्थानीयहरु १२ जनामा संक्रमण देखिएको छ ।

बनेपा नगरपालिका १३ भित्र मात्रै शुक्रबार दिउसोसम्म १ सय ३ जनामा कोरोना पु्ष्टी भएको छ । सोहि वडामा पुर्व राज्य मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी लगायतलाई संक्रमण पुष्टि भईसकेको छ ।

असार २६ गते पहिलो ब्यक्तिमा देखिएको कोरोना उक्त वडाका १ सय ३ जनामा फैलिएको हो । संघीय प्रहरी इकाईमा कार्यरत १९ जना प्रहरीमा पनि सोहि वडामा संक्रमण देखिएको छ । अस्पताल भित्र संक्रमण फैलिएसँग वडा शिल गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन ।

नगरपालिकाले उक्त क्षेत्रमा कडाई गरे पनि समुदायमा फैलिएको संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । बनेपा नगरपालिकामा १ सय २६ जनामा कोरोना देखिएको छ । २ सय २२ जना संक्रमित भएका छन् ।

स्पाईनल इन्जुरी अस्पतालमा भदौ १० गते १२ जना विरामीमा संक्रमण देखिएको थियो । त्यहि दिन स्थानीयहरु १० जनामा संक्रमण देखिएको थियो । त्यहि भित्र जिल्ला समन्वय समितिका प्रमुखको परिवारका ७ सदस्यमा कोरोना पुष्टि भएको थियो । भदौ ९ गते साँगा घर भएका एक परिवारका पाँच जना सदस्यहरुमा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले संक्रमण फैलिएको र नियन्त्रणका लागि स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताए । समुदाय र नागरिक समाजको सहयोगमा मात्र संक्रमण नियन्त्रणमा लिन सकिने भएकाले सचेत रहन डा. झाले आग्रह गरे ।

स्पाईनल पछि संक्रमित भएको क्षेत्र धुलिखेल अस्पताल हो । जहाँ ३१ जना स्वास्थ्यकर्मी संक्रमित छन् । प्रहरी २२ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ३ : ५८ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने