नेता वामदेव गौतमले रचना गरेको गीत सार्वजनिक (भिडियो) « Khabarhub

नेता वामदेव गौतमले रचना गरेको गीत सार्वजनिक (भिडियो)


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपाका शीर्ष नेता बामदेव गौतमले लेखेको गीत सार्वजनिक भएको छ । ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

राष्ट्रभक्तिका शब्दले ओतप्रोत यो गीतमा संगीत पनि नेता गौतम र शम्भुजीत बास्कोटाको संगीत छ । संगीत संयोजन भने मनोहर सुनमले गरेका हुन् ।

गीतमा रोशन गुरुङ र माण्डवी त्रिपाठी रिमालको स्वर सुन्न सकिन्छ । भिडियोमा नेपालका विभिन्न मनोरम दृश्य देख्न सकिन्छ भने वामदेम आफैले पनि अभिनय गरेका छन् । गीतमा नेपाल प्राणभन्दा प्यारो बुद्ध भूमि भएको भाव प्रस्तुत गरिएको छ ।

भिडियोमा जीवन थापाको निर्देशन देख्न सकिन्छ भने दीर्घ गुरुङको छायांकन छ । यस्तै भिडियोमा निर्देशक थापाको सम्पादन समेत रहेको छ ।

गौतमले लेखेका ४३ वटा गीतहरुको सङ्ग्रह पनि प्रकाशन गरिएको छ । गीति एल्बममा समावेश धेरै गीतमा राष्ट्रियताको भावना समेटिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ०४ बजे

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको