कास्की- गण्डकी प्रदेशमा शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार थप २० जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरु लमजुङका १६ जना र नवलपरासी पूर्वका ४ जना रहेका छन् ।
संक्रमित मध्ये १२ जना बेशीसहरमा कार्यरत नेपाल प्रहरीका जवान रहेका छन् भने एक जना थुनुवा रहेका छन् । त्यस्तै एक जना महिला बेशीसहर सामुदायिक अस्पतालका कर्मचारी रहकी छन् । त्यस्तै एक जान नवलपरासी पूर्व, देवचुली-१ कि ५४ बर्षिय महिला स्वास्थ्यकर्मी रहेकी छन् ।
बाँकी अन्य सबै कन्ट्रयाक्ट ट्रेसीङबाट पत्ता लागेका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ रहेको छ भने निको हुने दर ८४.६९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै प्रदेशमा अहिलेसम्म २०५६ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
प्रतिक्रिया