प्रदेश नं १ मा थपिए ७४ सङ्क्रमित, तीनको मृत्यु « Khabarhub

प्रदेश नं १ मा थपिए ७४ सङ्क्रमित, तीनको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तीमध्ये सुनसरीका ४१, मोरङ र झापाका १४-१४, सङ्खुवासभाका दुई, पाँचथरका एक तथा प्रदेश बाहिरका दुई जना रहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेहरुमा सुनसरीको इनरुवाका छ महिला र १४ पुरुष, धरानका पाँच महिला र चार पुरुष, इटहरीका पाँच पुरुष, देवानगञ्जका दुई महिला र दुई पुरुष तथा कोशी गाउँपालिकाका तीन पुरुष रहेका छन् । त्यस्तै मोरङको विराटनगरका दुई महिला र पाँच पुरुष, लेटाङका एक महिला र दुई पुरुष, सुन्दरहरैचा र रङ्गेलीका दुई÷दुई पुरुषमा सङ्क्रमण देखिएको छ ।

झापाको कमल गाउँपालिकाका दुई महिला र सात पुरुष, मेचीनगरका तीन पुरुष, हल्दीबारीका एक पुरुष, शिवसताक्षीका एक महिला, सङ्खुवासभाको पाँचखपनका एक पुरुष, खाँदबारीका एक महिला, पाँचथरको फाल्गुनन्दका एक पुरुष र प्रदेश बाहिरका एक महिलासहित दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार १०४ पुगेको छ ।

तीन जनाको मृत्यु

यसैगरी पछिल्लो २४ घण्टामा यो प्रदेशमा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु् भएको छ । तीमध्ये दुई महिला र एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्युहुनेमा झापाको कमल गाउँपालिकाका एक पुरुष, मोरङको बेलबारी नगरपालिका–५ का ५६ वर्षीय महिला र सिरहा जिल्लाको लहान घर भई विराटनगर–१० बस्ने ६५ वर्षीय महिला रहेका छन् । यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । तीमध्ये प्रदेश नं १ स्थायी ठेगाना भएका २० र अन्य प्रदेशका आठ जना रहेका छन् ।

यो प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरबाट १६, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र विराट शिक्षण अस्पताल बूढीगङ्गा मोरङ आइसोलेसन केन्द्रबाट दुईजना रहेका छन् । यो प्रदेशमा अहिलेसम्म एक हजार ५१६ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज एक हजार ३२७ जनाको पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ८५ हजार २०२ जनाको पिसीआर परीक्षण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ९ : ५८ बजे

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६