प्रदेश-२ मा मात्रै कोरोनाले ज्यान गुमाउनेको संख्या ७७ पुग्यो « Khabarhub

प्रदेश-२ मा मात्रै कोरोनाले ज्यान गुमाउनेको संख्या ७७ पुग्यो


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं. २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै ७९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

महोत्तरीबाट तीन तथा बारा र सिरहाबाट एक-एक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ ।

प्रदेश २ मा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ ।

आज थपिएका सङ्ख्यासमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९ हजार ६३० पुगेको छ ।

तीमध्ये आज १५२ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेहरुको सङ्ख्या ४ हजार ६४८ पुगेको छ ।

प्रदेशअन्तर्गतका १९६ वटा क्वारेन्टिनमा ७९५ तथा होम क्वारेन्टिनमा दुई हजार ५९१, आइसोलेशनमा एक हजार ५८ र होम आइसोलेशनमा तीन हजार ८४७ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १० : ४५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२