यौन उत्पिडनको आरोप लागेका ९ बलिउड सेलिब्रेटी | Khabarhub Khabarhub

यौन उत्पिडनको आरोप लागेका ९ बलिउड सेलिब्रेटी


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री पायल घोषले निर्माता/निर्देशक अनुराग कश्यपमाथि यौन दुर ब्यर्वहारको आरोप लगाएकी छिन् । पायल र अनुरागको यस शीर्षकले बलिउडमा निकै बहस भएको छ ।

बलिउडमा यौन दुर ब्यवहारको आरोप लागेको पहिलो घटना भने होइन । यसअघि पनि बिभिन्न बलिउड सेलिब्रेटीमाथि यौन उत्पीडनको आरोप लागेको थियो । आज हामी यीनै बलिउडकर्मीको चर्चा गर्नेछौ :

Nana Patekar

१. नाना पाटेकर
सन् २०१८ मा बलिउड अभिनेत्री तनुश्री दत्तले नामी अभिनेता नाना पाटेकरमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । यसबारे नाना पाटेकरले तनुश्रीको आरोपको खण्डन गर्दै आफु निर्दाेष रहेको बताएका थिए ।

Alok Nath

२. आलोक नाथ
यौन उत्पिडनको आरोपबाट बलिउड फिल्मी जगतमा आर्दश पिताको छबि बनाएको अभिनेता आलोक नाथ पनि बच्न सकेनन् । उनी उपर लेखिका विन्ता नन्दाले फेसबुक पोस्ट मार्फत यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

Vikas Behl
३. विकास बहल
चिल्लर पार्टी, क्वीन र शानदार जस्ता सुपरहिट बलिउड फिल्म निर्देशक विकास बहलमाथि पनि यौन उत्पीडनको आरोप लागेको थियो । फैन्टम फिल्म्समा काम गर्ने एक कर्मचारीले विकाश उपर शारीरिक उत्पीडनको आरोप लगाएकि थिइन् ।

Kailash Kher

४. कैलाश खेर
चर्चित बलिउड गायक कैलाश खेर समेत यौन उत्पीडनको आरोपबाट बच्न सकेनन् । सन् २०१८ मा गायिका मोहापात्रा र अर्की एक महिलाले कैलाशको विरुद्धमा यौन उत्पीडनको आरोप लगाएका थिए ।

abhishek bhattacharya

५. अभिजीत भट्टाचार्य
गायक अभिजीत भट्टाचार्यमाथि समेत एक विमान परिचालिका (फ्लाइट अटेन्डेन्ट)ले यौन दुर ब्यर्वहारको आरोप लगाएकी थिइन् । ती महिलाका अनुसार २० बर्ष पहिले अभिजीतले उनलाई चुम्बन गर्न खोजेका थिए । हुनत यस आरोपलाई अभिजीतले अस्विकार गरका थिए ।

Varun Grover

६. वरुण ग्रोवर
सन् २०१५ मा उत्कृष्ट शब्द (बेस्ट लिरिक्स) नेशनल अवार्ड जीतेका बलिउड गायक वरुण ग्रोवरका विरुद्ध एक महिलाले यौन उत्पीडनको आरोप लगाएकि थिइन् । ति महिलाका अनुसार सन् २००१ मा एक रिहर्सलमा वरुणले उनलाई गलत तरीकाले छुएका थिए । वरुणले यस आरोपको खण्डन गरेका थिए ।

shani ahuja

७. शाइनी आहूजा
बलिउड अभिनेता शाइनी आहूजामाथि बलात्कारको आरोप प्रमाणित भएको थियो । सन् २००९ मा शाइनी आहूजाले घरमा काम गर्ने महिला कामदारको बलात्कार गरेको आरोप लागेको थियो । यस आरोपमा उनलाई दोषी मान्दै सन् २०११ मा ७ बर्षको जेल भयो ।

sajid khan

८. साजिद खान
बलिउड निर्देशक, कोरियोग्राफर तथा फराह खानका भाई साजिद खान विरुद्ध समेत यौन उत्पिडनको आरोप लागेको थियो । उनलाई अभिनेत्री सलोनी चोपडाले कैयौं महिनासम्म यौन दुराचार गरेको र मानसिक तनाव दिएको आरोप लगाएकि थिइन् । यस उपर साजिदले पिडीत उपर न्यायिक कारबाहि गर्न आग्रह गरे । पछि यो घटना बिस्तारै सेलाएर गयो ।

subhash ghai

९. सुभाष घई
बलिउडका चर्चित निर्माता, निर्देशक र स्क्रीपराइटर सुभाष घई उपर समेत यौन उत्पिडनको आरोप लागेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १२ : २९ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु