विधानसम्मत महाधिवेशन गर्न माग गर्दै देउवालाई ज्ञापनपत्र « Khabarhub

विधानसम्मत महाधिवेशन गर्न माग गर्दै देउवालाई ज्ञापनपत्र


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टीको महाविधेशन विधानसम्मत गर्न माग गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई विरोधपत्र बुझाएका छन् ।

सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता पौडेलसहितका र केही पदाधिकारी र केन्द्रीय सदस्यहसहित २७ जनाले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ विरोध पत्र दर्ता गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगाएतका नेताहरुले विरोधपत्र दर्ता गरेका हुन् ।

विरोधपत्रमा आगामी १९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमार्फत् आफूहरूका माग समाधान नभए संघर्षका कार्यक्रम गर्न बाध्य हुने उल्लेख गरिएको छ ।

पार्टीको विभागदेखि भातृ संस्थाका म्याद थप गर्नु गल्ती भएको औल्याउँदै सबै विभाग र म्याद थपिएका सबै भातृ संगठनको खारेजी गर्न माग समेत गरेका छन् । महाविधेशनको मुखैमा विभागहरु गठन गरेर महाविधेशन प्रभावित पार्न खोजेको आरोप उनीहरुको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ५ : ३८ बजे

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल