विराटको बैङ्लोर र रोहितको मुम्बई भिड्दै « Khabarhub

विराटको बैङ्लोर र रोहितको मुम्बई भिड्दै


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र भारतकै अर्का सफल खेलाडी राहित शर्माले नेतृत्व गरेका दुई टोली आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) मा आमनेसामने हुँदैछन् ।

शारजहा त्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने आठ बजे कोहलीको रोयल च्यालेन्जर्स बैङ्लोर र रोहितको मुम्बई इन्डियन्स मैदान उत्रिनेछन् ।

विराट कोहली विश्व क्रिकेटमै सफल खेलाडी हुन् । तर, उनले आईपीएलमा भने टीमलाई उपाधि दिलाउन सकेका छैनन् । बैंङ्लोरका लागि कोहलले व्यक्तिगत राम्रो गरेपनि टीमले उपाधि भने उचाल्न सकेको छैन् ।

यता, रोहित भने व्यक्तिगत रुपमा जति सफल खेलाडी मानिन्छन् त्यति नै उनले आईपीएलमा आफ्नो टीमलाई सफलता दिलाइसकेका छन् ।

साविक विजेता मुम्बई बैङ्लोरलाई रोक्ने लक्ष्यमा छ । किनकी यस सिजनमा मुम्बईले खेलेका तीन खेलमा दुई जीत हात पारेको छ भने एक खेलमा हार व्येहोरेको छ ।

आफ्नो तेस्रो खेल खेल्न लागेको बैङ्लोरले एक खेलमा जीत हात पारेको छ भने एक खेलमा हार व्येहोरेको छ ।

बैङ्लोरसँग विश्व चर्चित खेलाडी ए बि डि भिलियर्स, कप्तान कोहली, युज्भेन्द्र चहाल, नवदिप शैनि जस्ता क्षमतावान खेलाडी छन् । यस्तै, मुम्बईमा कप्तान रोहित, सुर्यकुमार यादव, क्विन्टन डि कक, टेन्ट बोल्ट, जस्प्रीत बुम्राह र राहुल चहार जस्ता खेलाडी छन् ।

यस्तै, यो खेल कोहलीका लागि टि –२० कप्तानका रुपमा १ सय ५० औं खेल हो भने बैङ्लोरबाट १सय १२ औं खेल कप्तानी गर्नेछन् ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ३० बजे

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई