नेप्सेमा झिनो गिरावट « Khabarhub

नेप्सेमा झिनो गिरावट


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर रु एक अर्ब ६९ करोड एक लाख ५४ हजार ५२५ बराबरमा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने दश उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि हुँदा बैंकिङ ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१, निर्जीवन बीमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, लघुवित्त ७.६१, जीवन बीमा ५२.९१ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ३२ लाख ६३ हजार ४५६ बराबरको कारोबार भयो ।

यस्तै नेपाल पुनर्बीमा कम्पनी छ करोड ४० लाख ३३ हजार ४४५, अरुण भ्याली हाइड्रोपावर कम्पनी पाँच करोड ९५ लाख ६३ हजार ८०५, प्रभु बैंक पाँच करोड २७ लाख आठ हजार ५२६, नेपाल लाइफ इन्सुरेन्स कम्पनी चार करोड ९९ लाख चार हजार ४५९ र कुमारी बैंक चार करोड ८३ लाख २० हजार ३४९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

त्यस्तै कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.६३, सेन्ट्रल फाइनान्स कम्पनी ८.११, रिलायन्स फाइनान्स लिमिटेड ७.६४, सपोर्ट लघुवित्त ५.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ४.३१ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनी ५।१७, गुर्खाज फाइनान्स ४.८३, दिव्यश्वरी हाइड्रो पावर ४.३५, आँखु खोला जलविद्युत् कम्पनी ३.८१ र सानिमा इक्विटी फन्डका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ०८ बजे

निफमा ‘रसियन फिल्म डेज’को उद्घाटन, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत रसियन फिल्म

डीपीको वाचा : सभामुखमा निर्वाचित भए न्यायसम्मत काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुखमा निर्वाचित भए

स्थानीय तहका समस्या समाधानमा सरकार प्रतिबद्ध : मन्त्री रावल

काठमाडौं– नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन