हङकङका अधिकारकर्मीहरुद्वारा स्वतन्त्र विधानसभाको माग « Khabarhub

हङकङका अधिकारकर्मीहरुद्वारा स्वतन्त्र विधानसभाको माग


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ – हङकङका प्रजातन्त्र समर्थिक अधिकारकर्मीहरुले स्वतन्त्र विधानसभाको आह्वान गरेका छन् । गत वर्षको जुनमा तियानमेन स्क्वायरमा गरेको प्रदर्शनमा सहभागी भएको भन्दै चीन सरकारले उनीहरुविरुद्ध मुद्दा चलाउनुअघि उनीहरुले स्वतन्त्र विधान सभाको माग गरेका हुन् ।

हङकङ सरकारले सन् २०१९ जुन ४ मा गैरकानुनी रुपमा तियानमेन स्क्वायरमा भेला भएको भन्दै १३ जनाविरुद्ध मुद्दा चलाएको छ । उनीहरु सन् १९८९ को हिंसात्मक झडपमा मारिएकाहरुको सम्झनामा तियानमेन स्क‍्वायरमा भेला भएका थिए ।

उक्त समूहमा नागरिक समूहको प्रतिनिधित्व गर्ने ली चेउक-यान र बेइजिङका कट्टर आलोचक भनेर चिनिने एक अखबार स्थापना गर्ने जिम्मी लाइ पनि सामेल थिए । गत मंगलबारसम्म हङकङ सरकारले उक्त ठाउँमा भेला भएका २६ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

लीले विधानसभाको स्वतन्त्रता नागरिकहरूलाई दिने कानुनी अधिकार भएकोमा जोड दिएका थिए । नागरिकमाथिको राजनीतिक उत्पीडनलाई अक्षम्य र लाजमर्दो भएकोसमेत उनले बताएका छन् । उनले आफूहरुलाई अकारण कारबाही गर्न लागेको र आफ्ना साथीहरु निर्दोष भएको बताएका छन् ।

लीको समूहले टियानानमेन स्क्वायर हरेक वर्ष स्मृति सभाको आयोजना गर्ने गरेको थियो । तर, यस वर्ष भने प्रहरीले त्यहाँ भेला हुन प्रतिबन्ध लगाउनका साथै भेला भएकाहरुलाई नियन्त्रणमा लिएको छ ।

हङकङ सरकारले भेलाहरुलाई सीमित गर्ने काम जारी राखेको छ र हङकङका लागि चीनको राष्ट्रिय सुरक्षा कानुन जुनको अन्तिमदेखि लागु भएयता चीन र हङकङ सरकारविरुद्ध हुने विरोध गतिविधिहरुमा कडा नगरानी राखेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ८ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै