नेपालमा ५० हजारभन्दा बढी गैरसरकारी संस्था आवश्यक छन् ? « Khabarhub

नेपालमा ५० हजारभन्दा बढी गैरसरकारी संस्था आवश्यक छन् ?


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले ५० हजार गैरसरकारी संस्था दर्ता भएको र नियमानुसार नवीकरण नहुने देखिएकालगायत विषयमा समाजकल्याण परिषद्लाई आफ्नो अवस्था, दूरदृष्टि र देशको आवश्यकता समीक्षा गर्न निर्देशन दिएको छ ।

सिंहदरबारमा समितिको कार्यालयमा आज बसेको बैठकले नवीकरण नगर्ने संस्थालाई खारेज गरेको पनि नदेखिएको हुँदा आफ्नो समीक्षा गर्न निर्देशन जारी गरेको हो ।

गैरसरकारी संस्थाका कार्यक्रम सबै तहमा कार्यान्वयन हुने तर परिषद्को उपस्थिति केन्द्रीय तहमा मात्र रहनाले परिषद्ले गर्ने समन्वय प्रभावकारी नहुने निश्चित भएको र कतिपय संघसंस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर मात्रै पनि सञ्चालनमा छन् ।

निर्देशनमा भनिएको छ, ‘नवीकरण नहुने संस्थालाई खारेज गरेको पनि देखिँदैन, हाम्रो जस्तो देशका लागि ५० हजारभन्दा बढी गैरसरकारी संस्था आवश्यक छन् ?, नवीकरण नभएका संस्थालाई खारेज किन नगरिएको हो ?’

परिषदबाट स्वीकृत अधिकांश परियोजना राष्ट्रिय प्राथमिकताका आधारमा छनोट भएको नपाइएकाले उचित परिचालन एवं क्षेत्रगत सन्तुलन कायम हुने गरी परियोजना स्वीकृत तथा व्यवस्थापन गर्न तथा स्वीकृत परियोजनाको समय र कार्ययोजनाभित्र परियोजना पूरा गर्ने परिपालनमा विशेष ध्यान दिन बैठकले निर्देशन दिएको छ ।

समितिका सभापति नीरुदेवी पालले काठमाडौँ उपत्यकालगायत स्थानमा रहेका जमीन तथा भौतिक संरचना उपभोग गर्न दिएवापत प्राप्त हुने रकम प्रचलित दरभन्दा न्यून रहेको, लिज वा भाडामा दिने प्रक्रिया अपारदर्शी रहेको, प्रतिस्पर्धाको अभाव रहेको, परिषद् उक्त विषयमा निष्क्रिय देखिने गरेको हुँदा सोसँग सम्बन्धित विवरण समितिमा यथाशीघ्र उपलब्ध गराउन परिषद्लाई निर्देशन दिए ।

बैठकले परिषद्को समग्र भौतिक तथा वित्तीय उपलब्धि, चुनौती र समस्या न्यूनीकरणका लागि गरिएका प्रयास एव् भावी योजना बनाउन ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ९ : ४० बजे

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र