युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित « Khabarhub

युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ ।

अघिल्लो साताभन्दा युरोपमा संक्रमितको संख्या  ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् । संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसले बताइन्।

युरोपमा सबैभन्दा धेरै संक्रमित भएको रुसमा पछिल्लो २४ घण्टामा ३२० जनाले ज्यान गुमाएका छन् । योसँगै रसियामा कोरोनाले मृत्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ३३ हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ भने ५२३ जनाको मृत्यु भएको छ ।

स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसके पनि संक्रमण रोकिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा १८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बेलायामा २२ हजारभन्दा बढी इटालीमा २१ हजार ९९४ र जर्मनी १३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

बेल्जियमका अस्पतालहरूमा संक्रमितको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकलाई पनि नियमति काम गर्न सरकारले आग्रह गरेको छ।

बेल्जियममा पछिल्लो २४ घण्टामा १२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ३ लाख ३३ हजार ७१८ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा युरोपमा २ लाख २३ १९२ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ७५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया