कोरोना कहर : नेपालसहित आठ देशमा बालविवाह बढ्दै « Khabarhub

कोरोना कहर : नेपालसहित आठ देशमा बालविवाह बढ्दै


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व यतिबेला कोरोना भाइरसको महामारीसँग जुँधिरहेको छ । कोरोना कहरले स्वास्थ्य समस्यासँगै अन्य समस्या पनि थपेको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनले आर्थिक क्षेत्र तहसनहस भएको छ । यही बेला बालविवाहको तथ्यांक पनि बढेको एक अध्ययनले देखाएको छ । बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था भीएसओको तथ्याङ्कमा नेपालसहितका ८ मूलुकमा बालविवाह गर्नेको तथ्यांक बढेको देखिएको हो ।

१ सय ५२ जनामा अध्ययन गर्दा ११ जनाको बालविवाह भएको पाइएको संस्थाको भनाइ छ। संस्थाका आनन्द पौडेलका अनुसार कोरोना महामारीको समयमा विभिन्न किसिमका सामाजिक महामारी पनि फैलिएको छ।

पौडेलले भने, ‘महामारीको यो बेलामा आधुनिक समाजमा युवतीले परम्परागत किसिमका समस्या फेरि भोग्नुपर्ने स्थिति आउनु निकै दुःखद् छ। लैङ्गिक समानताका पक्षमा केही प्रगति भएपनि अब ती उपलब्धिका कुनै मूल्य नहुने अवस्था देखिन थालेको छ ।’

तराई तथा पश्चिमका केही पहाडी जिल्लामा भारतमा काम गर्ने परिवारका सदस्यले पठाएको रेमिट्यान्सले घर चलिरहेको छ। महामारीको यो अवस्थामा उनीहरुले रोजगारी गुमाउँदा आम्दानी ठप्प भएको छ र परिवारको सदस्य पाल्न कठिन हुन थालेपछि किशोरीहरुलाई विवाहका लागि दबाब दिने गरेको पौडेल बताउँछन्।

बालबालिकाको अधिकार संरक्षणका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले महामारीको समयमा विद्यालय जान नपाएका गरिब परिवारका बालबालिका अब स्कुल नफर्किने बताएका थिए। युनेस्कोका अनुसार महामारीका कारण विद्यालय बन्द भएपछि विश्वभर ७ करोड ४३ लाख किशोरीहरुलाई पुनः स्कुल फर्किन कठिनाइ छ।

यस्ता किशोरीहरुमाथि लैङ्गिक हिंसा र यौन शोषणको जोखिममा रहेको अधिकारकर्मीहरु बताउँछन्। ‘महामारीका कारण अभिभावकको रोजगारी गुमेको छ। किशोरीहरु परिवारका बोझ भएका छन् यसले बालविवाहलाई बढाएको छ भने लैङ्गिक हिंसा पनि बढाएको छ,’ गर्ल्स नट ब्राइडकी कार्यकारी निर्देशक फैथ वाङ पावल भन्छिन्।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषका अनुसार कोभिड महामारीपछि आगामी १० वर्षभित्रमा बालविवहाको संख्या विश्वभर १३ करोड पुग्ने प्रक्षेपण गरेको छ। आठ वटा देशमा २४ हजार किशोरीहरुमा गरिएको संरक्षणमा १२ हजार किशोरीहरु स्थायी रुपमै विद्यालय छोड्ने अवस्थामा रहेको देखिएको छ।

यो सर्वेक्षणमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया, भियतनाम, लावस र तान्जनियाका किशोरीहरु सहभागी थिए। सहभागीमध्ये ४० प्रतिशतले महामारीले आर्थिक अवस्था नाजुक बनेका कारण विद्यालय फर्कन कठिन हुने बताएका थिए।

केही युवतीहरु गर्वभती भएका कारण अब विद्यालय जान नसक्ने परिस्थितिमा पुगेका छन् भने केहीलाई आर्थिक पाटो कारक बनेको छ। केन्यामा अहिले कम उमेरमै गर्वभती हुने किशोरीहरुको संख्या ४२ प्रतिशतले वृद्धि भएको केयर इन्टरनेशनलको तथ्याङ्क छ।

बालविवाह मात्रै होइन कोभिडका कारण महिला अधिकार बालअधिकारका विविध आयाममा असर पुगेको छ। संयुक्त राष्ट्रसंघको जनसंख्या कोषले सन् २०३० भित्र परिवार नियोजन, लैङ्गिक हिंसा बालविवाह र मातृमत्युदर कम गर्ने सर्न्दभमा अपूरा लक्ष्य पूरा गर्ने योजना बनाएको थियो।

‘कोरोना महामारीका कारण लक्ष्य पूरा गर्न चुनौती थपिएको छ,’ संस्थाले भनेको छ। गार्जियनबाट

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ११ : ०३ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा