छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खोटाङ, बारा, कञ्चनपुर र सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

खोटाङ, बाह्रपोखरी गाउँपालिका-५ सोह्रखानीस्थित सडकमा को१ज ३४७० नम्बरको ट्याक्सी अनियन्त्रित भई बाटोबाट करिब २ सय ५० मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा बाह्रपोखरी गाउँपालिका-६ बस्ने ४५ वर्षीय दक्षुमान राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने २८ वर्षीय छत्र बहादुर राईको धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । ट्याक्सीका चालक उदयपुर चौदण्डीगढी नगरपालिका-६ माझीगाउँ बस्ने २७ वर्षीय यम बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, कलैया उपमहानगरपालिका-१६ स्थित सडकमा बा२१ च ४९७ नम्बरको कारको ठक्करबाट मंगलबार साँझ सोही महानगरपालिका-६ बस्ने साइकलयात्री ३० वर्षीय गुड्डु शेखको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाईते भएका गुड्डुको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर, शुक्लाफाटाँ नगरपालिका-११ बनहरास्थित सडकमा लु६०प ७१४० र म१प ९६२८ नम्बरका दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा म१प ९६२८ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने गुल्मी घर भएका ४२ वर्षीय बिष्णु ज्ञवालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ज्ञवालीको महाकाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका लु६०प ७१४० नम्बरको मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका-१० बस्ने ३४ वर्षीय युवराज जोशीको शुक्लाफाँटा क्लिनिक झलारीमा उपचार भईरहेको छ ।

सप्तरी, कञ्चनरुप नगरपालिका-२ बरमझियास्थित सडकमा बुधबार बिहान बा१८च ७७३४ नम्बरको कारको ठक्करबाट सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : १२ बजे

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन

आज २०८२ साल फागुन ३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय