प्रदेश १ मा आज पनि दशैँ बिदा « Khabarhub

प्रदेश १ मा आज पनि दशैँ बिदा


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ सरकारले बुधबार पनि दशैँको सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले मंगलबारसम्म मात्र सार्वजनिक बिदा दिए पनि प्रदेश १ ले भने बुधबारसम्म नै दशैँको बिदा दिएको हो ।

यसअघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबारसम्म अर्थात् फूलपातीदेखि बुधबारसम्म दशैँको बिदा दिने उल्लेख गरेको थियो ।

यो निर्णयसँगै प्रदेश १ मा बिहीबारबाट मात्रै सरकारी कार्यालय खुल्ने भएका छन् ।

प्रदेश १ को राजपत्र अनुसार तिहार बिदा तीन दिनलाई दिइएको छ । लक्ष्मी पूजादेखि भाइटीका सम्मलाई बिदा दिने राजपत्रमा उल्लेख छ । लक्ष्मीपुजा कार्तिक २९ गते रहेको छ भने भाइटीका मंसिर १ गते सोमबार छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १ : ५६ बजे

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव

इनिशा बिक हत्या प्रकरण : कडा कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाही गर्न

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य