आज ४१.२० अंकले बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार « Khabarhub

आज ४१.२० अंकले बढ्यो नेप्से, पौने ३ अर्बको कारोबार


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा ४१ दशमलव २० अंकको बृद्धि देखिएको छ। दशैं बिदापछिको पहिलो कारोबारमा परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ।

आज नेप्से परिसूचक २ दशमलव ५७ प्रतिशतले बढेर १ हजार ६ सय ४७ दशमलव ४५ अंकमा कायम भएको छ। १ सय ८८ वटा कम्पनीको ९३ लाख २२ हजार कित्ता ४२ हजार १ सय १८ पटक खरिद बिक्री हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक पनि ९ दशमलव २१ अंकले बढेर ३ सय २७ दशमलव ७६ अंकमा पुगेको छ।

आज व्यापार समूहको उपसुचक ८ दशमलव ८३ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक उकालो लागेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसुचक १ सय १० दशमलव ६८ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह ५५ दशमलव १५, होटल समूह ३२ दशमलव ८५, विकास बैंक समूह ६० दशमलव ९७, जलविद्युत समूह ३ दशमलव ८६ र वित्त समूह १३ दशमलव ३८ अंकले बढेको छ।

निर्जीवन बिमा, उत्पादन, लघुवित्त र अन्य समूहको उपसुचक क्रमशः ४७ दशमलव ०७, २० दशमलव ८८, २५ दशमवव १९ र १५ दममलव ५७ अंकले बढेको छ।

कारोबार रकम र सेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंकको २० करोड ६५ लाख ४४ लाख रुपैयाँ बराबरका ६ लाख ९० हजार ७ सय कित्ता सेयर किनबेच भएको छ। सबैभन्दा धेरै कमाउनेमा भने प्राइम कमर्सियल बैंकका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन।

सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन्।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ४ : ०७ बजे

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह

यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन