चौरसिया हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै ज्ञापन बुझाइयो | Khabarhub Khabarhub

चौरसिया हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै ज्ञापन बुझाइयो


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पर्साका नेता कार्यकर्ताले विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

नेकपा पर्साको आयोजनामा मुरलीबगैँचास्थित रातोबङ्गला अगाडिबाट निकालिएको विरोध जुलूसले नगरका विभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर चौरसियाको हत्यारालाई कारवाहीको माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा विन्दवासनी गाउँपालिका अध्यक्ष विक्रम चौरसियाले प्रजिअ आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई पाँचबुदे मागसहितको ज्ञापनपत्र बुझाए ।

अध्यक्ष चौरसियाले बुझाएको ज्ञापनपत्रमा चौरसियाको परिवारले दिएको किटानी जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्नुपर्ने, चौरसियालाई शहीद घोषणा गरी आश्रित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, झडपमा परी घाइते भएकाको निःशुल्क उपचार गर्नुपर्ने र पीडित परिवारले दिएको किटानी जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ ।

परिवारले दिएको किटानी जाहेरी दर्ता नभएसम्म चौरसियाको शव नबुझ्ने अडानका कारण पाँच दिनदेखि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटमा परी गम्भीर घाइते हुनुभएका चौरसियाको यही कात्तिक ७ गते मृत्यु भएको थियो । चौरसिया हत्याको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : ०१ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले