चौरसिया हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै ज्ञापन बुझाइयो « Khabarhub

चौरसिया हत्या प्रकरण : दोषीलाई कारबाहीको माग गर्दै ज्ञापन बुझाइयो


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पर्साका नेता कार्यकर्ताले विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

नेकपा पर्साको आयोजनामा मुरलीबगैँचास्थित रातोबङ्गला अगाडिबाट निकालिएको विरोध जुलूसले नगरका विभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर चौरसियाको हत्यारालाई कारवाहीको माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा विन्दवासनी गाउँपालिका अध्यक्ष विक्रम चौरसियाले प्रजिअ आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई पाँचबुदे मागसहितको ज्ञापनपत्र बुझाए ।

अध्यक्ष चौरसियाले बुझाएको ज्ञापनपत्रमा चौरसियाको परिवारले दिएको किटानी जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्नुपर्ने, चौरसियालाई शहीद घोषणा गरी आश्रित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, झडपमा परी घाइते भएकाको निःशुल्क उपचार गर्नुपर्ने र पीडित परिवारले दिएको किटानी जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारीलाई कारवाहीको माग गरिएको छ ।

परिवारले दिएको किटानी जाहेरी दर्ता नभएसम्म चौरसियाको शव नबुझ्ने अडानका कारण पाँच दिनदेखि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटमा परी गम्भीर घाइते हुनुभएका चौरसियाको यही कात्तिक ७ गते मृत्यु भएको थियो । चौरसिया हत्याको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : ०१ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री