समुदायमा सङ्क्रमण देखिएपछि मिक्लाजुङमा निषेधाज्ञा « Khabarhub

समुदायमा सङ्क्रमण देखिएपछि मिक्लाजुङमा निषेधाज्ञा


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मिक्लाजुङ–४ रबीका छ स्थानीयवासीमा सङ्क्रमण देखिएपछि आजदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिए ।

गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा आज जारी सूचनामा उल्लेख छ ।

गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईँका अनुसार यही कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड–१९ सङ्क्रमण देखिएको थियो ।

आज सङ्क्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

६ सङ्क्रमितमध्ये एकलाई ज्वरोसहित कोरोना भाइरस सङ्क्रमणका लक्षण देखिएको चम्लागाईँले जानकारी दिए ।

उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड–१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेशनमा छन् । पाँचथरमा पहिलो पटक समुदायमा कोभिड–१९ सङ्क्रमण देखिएको हो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : १५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका