सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी मुल्मीको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी मुल्मीको निधनप्रति दुःख व्यक्त


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रजातन्त्र सेनानी मुल्मीको यही कात्तिक ११ गते ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा ८५ वर्षका उमेरमा निधन भएको थियो।

पूर्वप्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।

विसं २०१७ फागुन १५ गते तत्कालीन व्यवस्थाको विरोध गर्दै भएको प्रदर्शनका क्रममा मुल्मीले करीब डेढ वर्ष कारागार जीवन व्यतीत गरेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ३२ बजे

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी

नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सुरु

काठमाडौं– नेपाली सेनाको नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी आइतबारबाट