सामाजिक सञ्जालमार्फत अश्लिल गतिविधि बढेकोतर्फ सचेत हुन आग्रह « Khabarhub

सामाजिक सञ्जालमार्फत अश्लिल गतिविधि बढेकोतर्फ सचेत हुन आग्रह


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गर्नेसँग सतर्क हुन व्यूरोले ध्यानाकर्षण गराएको हो ।

यस्ता गिरोहले प्रविधिको दुरुपयोग गरेर व्यक्तिको फेसबुक ह्याक भएको बहाना बनाई त्यसको प्रमाणीकरणका लागि नग्न तस्वीर वा श्रव्यदृष्य माग गर्ने गरेको पाइएको ब्युरोको विज्ञप्तिमा उल्लेख छ ।

‘उनीहरुले फोन गरेर तपाईँको एकाउन्टबाट नग्न, तस्वीर तथा भिडियो भाइरल भइरहेको र एक पटकका लागि हामीले त्यस्तो हुनबाट रोकेका छौँ, त्यसको प्रमाणीकरणका लागि नग्न फोटो वा भिडियो पठाउनुहोस् भनी पठाउन लगाउने र प्राप्त भएपछि नक्कली आइडी डिएक्टिभ गर्ने गरेको भन्ने सूचना एवं उजूरी प्राप्त भइरहेको छ’, ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ब्युरोले यस्ता गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित गरेको छ ।

यस्ता गतिविधि थाहा पाएमा प्रहरीको साइबर ब्युरो वा नजीकको प्रहरी कार्यालयमा सूचना दिन ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ७ : ५० बजे

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा