ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई कारबाही « Khabarhub

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जनालाई कारबाही


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालक तथा सहचालक  कारबाहीमा परेका छन् ।

दशैँ अवधिमा सवारी नियम उल्लंघनविरुद्ध चलाइएको अभियानका क्रममा प्रहरीलाई नै आर्थिक लोभ देखाउने ८ जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारबाहीमा पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खड्गबहादुर सुनुवार, अभिक आचार्य र अविन शाही छन् । उनीहरुले सवारी नियम उल्लंघन गरेपछि कारवाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई रु ५०० देखि तीन हजारसम्म दिन खोजेको जनाइएको छ ।

महाशाखाले कुनै प्रलोभनमा नपरी आर्थिक लाभ इन्कार गरेर संलग्नलाई नियमानुसार कारवाहीका दायरामा ल्याउने ती ट्राफिक प्रहरीलाई पुरस्कृतसमेत गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार सङ्गठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारीसाथ निर्वाह गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरिएको छ । यसअघि पनि प्रलोभनमा नपर्ने ७३ ट्राफिक प्रहरीलाई पुरस्कृत गरिसकिएको उनले बताए ।

महाशाखाले कुनै प्रहरीले लापरबाही गरेको वा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजीकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ८ : ०२ बजे

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक