दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डलाई अग्रता « Khabarhub

दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डलाई अग्रता


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ ।

तीन खेलको सिरिज अन्तर्गत शुक्रबार भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले अग्रता बनाएको हो ।

केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा जोनी बेयरस्टोले अविजित रहँदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै बेन स्टोक्सले ३७ रन जोड्दा डाविड मालनले १९ रन जोडे । कप्तान इयान मोर्गनले १२ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । भान डेर डुसेनले ३७ रन जोड्दा कप्तान क्विनटन डी ककले ३० रन बनाए ।

दुई टिमबीचको दोस्रो टी-ट्वान्टी खेल आइतबार हुनेछ ।

 

 

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ५० बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको