नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज « Khabarhub

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आज


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ ।

महासंघको ५४औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालको वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो ।

सहमतिको प्रयास सफल नभएपछि ६४ पदका लागि १ सय २१ जनाको उम्मेदवारी परेको छ ।

काठमाडौँका तीन ठाउँमा हुने मतदान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

जिल्ला नगरतर्फका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदानको व्यवस्था गरिएको छ ।

कुनै विवाद नआए मतपरिणाम पनि शनिबार राति नै आउने निर्वाचन समितिले जनाएको छ ।

महासंघको वर्तमान विधानअनुसार शनिबारदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुँदैछन् ।

गोल्छा अध्यक्ष भएसँगै रिक्त रहने उक्त पदसहितका विभिन्न ६४ पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।

जिल्ला नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन् । यस्तै, एसोसिएतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ७ : ३९ बजे

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा