हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा « Khabarhub

हुम्लाका ६ हजार बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका पाँच हजार नौ सय ७९  बालबालबालिकाले भिटामिन ‘ए’ र बालभिटा पाएका छन् ।

जिल्लाभरिका ६ महिनादेखि ५९ महिनासम्मका  बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको छ ।

जिल्लाका २२४ स्वयंसेविका र स्वास्थ्यकर्मीले बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।

राष्ट्रिय कार्यक्रमअन्तर्गत वितरण गरिने भिटामिन ‘ए’ ले रोग प्रतिरोधी शक्ति बढाउन र श्वासप्रश्वास रोग रोकथाम गर्न पनि सहयोग गर्ने जनाइएको छ ।

छ महिनादेखि १२ महिना उमेर समूहका लागि आधा क्याप्सुल र १२ महिनादेखि पाँच वर्षसम्मकालाई एक क्याप्सुल  भिटामिन ‘ए’ वितरण गरिएको छ ।

त्यस्तै १२ महिनादेखि दुई वर्षसम्मका शिशुलाई आधा ट्याब्लेट  र दुई वर्षदेखि पाँच वर्षसम्म उमेर समूहलाई एक ट्याब्लेट जुकाविरुद्धका औषधि अल्वेण्डाजोल वितरण गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

त्यसैगरी ६ महिनादेखि दुई वर्ष उमेर समूहका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्वको मिश्रण बालभिटा पनि वितरण गरिएको बोहराले जानकारी दिए ।

सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन  भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ५० बजे

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको

रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा