सामुदायिक र निजी बालविकास केन्द्रबीच विभेद : अध्ययन « Khabarhub

सामुदायिक र निजी बालविकास केन्द्रबीच विभेद : अध्ययन


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ ।

सामुदायिक र निजी बालविकास केन्द्रबीच पूर्वाधार, वातावरण र सिकाइका दृष्टिमा विभेद् देखिएकाले सामुदायिक बाल विकास केन्द्रमा स्थानीय तहले लगानी बढाउनुपर्ने पनि अध्ययनले सुझाव दिएको छ ।

सार्थक शिक्षा संस्थाले ललितपुर महानगरपालिकाभित्रका चार वर्ष उमेर समूहका ‘बालबालिकाको विकास सहीरुपमा भएको छ ?’ भन्ने विषयमा गरेको अध्ययनले विकास र सिकाइका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार गरेको मापनको सही पालना नभएको र स्थानीय तहले पर्याप्त लगानी तथा अनुगमन नगरेको देखाएको हो ।

सो संस्थाका अध्यक्ष डा मिनाक्षी दाहालले बालबालिकालाई सर्वाङ्गीण विकास र प्राथमिक शिक्षाको तयारी गरी भविष्यका लागि अशल जनशक्ति उत्पादन गर्न बाल विकास कार्यक्रममा लगानी बढाउनुपर्ने बताए ।

अध्ययनले सामुदायिक (सरकारी) स्तरका प्रारम्भिक बाल विकासमा बालबालिकाको समग्र विकास ५० प्रतिशत मात्रै पाइएको र गरिब एवं विपन्न समुदायका अभिभावकका बालबालिकासँग बाल विकास कार्यक्रम पुग्न नसकेको देखाएको छ । ललितपुरमा सामुदायिक र निजी क्षेत्रका गरी दर्ता भएका १३७ वाल विकास केन्द्र क्रियाशील छन् ।

दर्ता नभएका वाल विकास केन्द्र पनि छन् । तीमध्ये ६७ वटा केन्द्रका साथै घरधुरी सर्वेक्षणबाट ६५६ बालबालिकामा सो अध्ययन गरिएको थियो । अध्ययनका क्रममा १८८ विद्यालय र ५३४ सहजकर्ताबाट प्रश्नावली भराइएको थियो ।

अध्ययनमाथि समीक्षा गर्दै शिक्षाविज्ञ डा प्रमोद भट्टले बालबालिकाको शारीरिक, बौद्धिक र संवेगात्मक विकासबारे विद्यमान अवस्थाको चित्रण गरी नीतिगत र कार्यान्वयनका क्षेत्रमा सुधारका लागि अध्ययनले बाटो देखाएको जनाउँदै अध्ययनको दायरा फराकिलो बनाउन सुझाव दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  २ : २८ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य