सरकारका कामकारबाहीप्रति प्रश्न उठाउँदैमा विरोध गरेको भन्न मिल्दैन : महामन्त्री आचार्य « Khabarhub

सरकारका कामकारबाहीप्रति प्रश्न उठाउँदैमा विरोध गरेको भन्न मिल्दैन : महामन्त्री आचार्य


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दे महामन्त्री आचार्यले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनु विरोध नभएको बताए ।

उनले पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने स्पष्ट पारे ।

उनले रास्वपा सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदय भएको पार्टी भएकाले सुशासनका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने बताए । 

महामन्त्री आचार्यले राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै  सुशासनका विषयमा पार्टी सधैँ सरकारको साथमा रहने बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  २ : ४३ बजे

छठ पूजामा सहभागी भए सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता

एपीईसी सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङ- एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष

आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा

कोप–३१ मा सहभागी भई अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँ– टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको