काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तो छ तथ्यांक
हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार ४६९ पुगेको छ।
त्यसैगरी ललितपुरमा १३ हजार ८८ जना संक्रमित भएका छन्। जसमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३५३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म भक्तपुरमा देखिएका ७ हजार १०४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने ७ हजार १०४ जना निको भएका छन्।
प्रतिक्रिया