३७५ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय « Khabarhub

३७५ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशभर हाल ३ सय ७५ जना कोरोना संक्रमितको देशका विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ३ सय २५ जना आईसीयूमा र ५० जना भेन्टिलेटरमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा छ। गण्डकी प्रदेशमा मात्र १ सय जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा ८४ जना संक्रमित आईसीयूमा र २४ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा ३९ जना आईसीयूमा र १० जना छन् ।

यसैगरी प्रदेश २ मा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनीमा ८० जना आईसीयूमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै कर्णालीमा १० जना आईसीयूमा छन् भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : २९ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान