३७५ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

३७५ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालय


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  देशभर हाल ३ सय ७५ जना कोरोना संक्रमितको देशका विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ३ सय २५ जना आईसीयूमा र ५० जना भेन्टिलेटरमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा छ। गण्डकी प्रदेशमा मात्र १ सय जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा ८४ जना संक्रमित आईसीयूमा र २४ जना भेन्टिलेटरमा छन्। प्रदेश १ मा ३९ जना आईसीयूमा र १० जना छन् ।

यसैगरी प्रदेश २ मा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनीमा ८० जना आईसीयूमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै कर्णालीमा १० जना आईसीयूमा छन् भने सुदूरपश्चिम प्रदेशमा ७ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : २९ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला