कान दुख्दा यसरी गर्नुहोस घरेलु उपचार | Khabarhub Khabarhub

कान दुख्दा यसरी गर्नुहोस घरेलु उपचार


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसमा कान दुख्ने समस्या हुन्छ । तर यसलाई हामी वेवास्ता गर्दछौ । हुनत कानको दुखाई आम समस्या हो ।

खासगरी हवाई तथा सडक यात्राको क्रममा धेरैको कान दुख्ने गर्दछ । स–सना बाललिकामा कानको दुखाई बढि हुने गर्दछ ।

किन दुख्छ कान ?
कान दुख्ने धेरै कारण हुनसक्छ । त्यसमा मुख्य कारणहरु निम्न छन्ः
१. कानमा इन्फेक्सन वा कुनै एलर्जी भयो भने कान दुख्ने गर्दछ ।
२. कानमा मैला जम्मा भयो भने पनि कान दुख्न सक्छ ।
३. कानभित्र पानी परेमा समेत कानको दुखाई हुनसक्छ ।
४. कानमा किरा पस्यो वा कुनै कुरा बिझ्यो भनेपनि कान दुख्ने गर्दछ ।

कान दुख्नुको अवाला अन्य विभिन्न रोगका कारणले पनि कानमा समस्या हुनसक्छ । कानको रोगको लक्षणमा कान कम सुन्नु, कान चिलाउनु, कान दुख्नु र कानमा भारिपन महसुश हुनु
मुख्य हुन् ।

कानको दुखाई वा संक्रमणबाट बच्न के गर्ने ?
१. सफा नीमको पातको रसको केही थोपा कानमा हालेमा इन्फेक्सनमा उपयोगी हुन्छ ।
२. दिनमा दुईदेखि तीन पटकसम्म तुलसीको पातको रस केही थोपा कानमा हालेमा कानको दुखाईका साथै इन्फेक्सन कम हुन्छ ।
३. सस्र्युको तेलमा लसुन मिसाएर तताउने । त्यसलाई चिसो भएपछि छानेर केही थोपा कानमा हालेमा कानको समस्यामा राहत दिन्छ । लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ, जसले इन्फेक्सन र दुखाई कम गर्छ ।
४. जैतुनको तेलको केही थोपा कानमा राखेमा दुखाईमा रामबाणको काम गर्छ ।
५. कानको दुखाई कम गर्न प्याजको रस प्रयोग पनि उत्तम हुन्छ ।

तर स्मरण रहोस् घरायशी उपचारका अलावा चिकित्सकको परामर्श सबैभन्दा उत्तम हुन्छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : ०० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६