भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म « Khabarhub

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि कैलाश मानसरोवर यात्रा २०२६ को औपचारिक घोषणा गरेको छ । आगामी जुनदेखि अगस्टसम्म सञ्चालन हुने यात्राका लागि अनलाइन आवेदन प्रक्रिया सुरू गरिएको छ ।

मन्त्रालयका अनुसार यस वर्ष कूल २० समूह (ब्याच) पठाइनेछन् । उत्तराखण्ड हुँदै लिपुलेक पासबाट १० समूह र सिक्किमस्थित नाथु ला पास हुँदै अर्को १० समूह यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु सहभागी हुने विदेश मन्त्रालयले जनाएको छ ।

यात्रामा सहभागी हुन इच्छुक व्यक्तिहरूले सरकारी वेबसाइट केएमवाईमार्फत् अनलाइन आवेदन दिन सक्नेछन् । यात्रु छनोट पूर्ण रूपमा कम्प्युटर प्रणालीमार्फत् निष्पक्ष, र्यान्डम र लैङ्गिक सन्तुलन कायम हुने गरी गरिने जनाइएको छ ।

आवेदनदेखि छनोटसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट हुने भएकाले थप जानकारीका लागि अलग्गै पत्राचार गर्नुपर्ने छैन ।

वेबसाइटमै उपलब्ध फिडब्याक प्रणाली प्रयोग गरी जिज्ञासा राख्न, सुझाव दिन वा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

आवेदकहरूले दुईवटै मार्ग रोजेर प्राथमिकता निर्धारण गर्न वा एउटामात्र मार्ग चयन गर्न सक्ने छन् । आवेदन दिने अन्तिम मिति २०२६ मे १९ तोकिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १० : ४५ बजे

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी