चीनको पूर्वी क्षेत्रमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु « Khabarhub

चीनको पूर्वी क्षेत्रमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ ।

अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा भएको हो ।

घटनाको कारण खुलेको छैन । प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आक्रमणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : ०५ बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।