कोरोना भाइरस राहत प्याकेज सम्बन्धी विधेयकमा ट्रम्पको हस्ताक्षर « Khabarhub

कोरोना भाइरस राहत प्याकेज सम्बन्धी विधेयकमा ट्रम्पको हस्ताक्षर


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस राहत प्याकेज सम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन्।

कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि तय भएको राहत प्याकेज सम्बन्धी विधेकलाई कानूनमा परिणत गरेका छन् ।

सदनबाट पास भएको प्याकेजमा अनावश्यक खर्च रहेको र तर नागरिकलाई निकै कम रकम छुट्याइएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले अन्ततः स्थानीय समय अनुसार आइतबार बेलुका विधेयकमा हस्ताक्षर गरेका हुन् ।

केही दिनदेखि फ्लोरिडाको गल्फ क्लबमा रहेका ट्रम्पले त्यहिँ नै विधेयकमा हस्ताक्षर गरेका हुन् । ट्रम्पले सो विधेयकलाई कानूनमा परिणत नगर्दा लाखौँ अमेरिकीले शनिबार रातिदेखि राहत पाउन सकेका थिएनन् ।

ट्रम्पले भने अनुसार नागरिकलाई दिइने रकम ६०० बाट बढाएर दुई हजार डलर बनाउन डेमोक्र्याटहरु पहिलेदेखि नै तयार थिए र त्यसका लागि प्रयास गरिरहेका थिए । तर ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरु विपक्षमा उभिएका हुन् ।

कोरोना भाइरस सहायता विधेयक भनिए पनि त्यसमा कोभिड–१९ सँग सम्बन्धित कुनै पनि व्यवस्था नरहेको ट्रम्पले आरोप लगाएका थिए ।

उनले विभिन्न देशका लागि सहयोग गर्न छुट्याइएको रकम अनावश्यक भन्दै ट्रम्पले त्यसलाई तत्काल हटाउन पनि भनेका थिए ।

अमेरिकी संसदबाट ९ खर्ब डलर बराबरको राहत प्याकेज गएको सोमबार अबेर पारित भएको थियो । माथिल्लो सदन सिनेटले स्थानीय समय अनुसार सोमबार अबेर सो प्याकेजमालाई स्वीकृत गरेको हो । त्यसको केही घण्टा पहिले तल्लो सदन हाउस हफ रिप्रिजेनटेटिभले प्याकेज पास गरेको थियो।

अबको ९ महिनासम्म सरकारी गतिविधि सञ्चालनका लागि यसअघि ल्याइएको १.४ ट्रिलियन डलर बराबरको कार्यक्रममा नयाँ प्याकेज थप भएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : ५५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर