ओमानका स्वास्थ्य मन्त्रीले लगाए कोरोनाविरूद्धको पहिलो खोप « Khabarhub

ओमानका स्वास्थ्य मन्त्रीले लगाए कोरोनाविरूद्धको पहिलो खोप


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप (भ्याक्सिन) ओमानमा पनि सुरु भएको छ । खोप सुरु भएसँगै ओमानका स्वास्थ्य मन्त्री डा. अहमद बिन मोहम्मद अल-सैदीले कोरोनाविरूद्धको पहिलो खोप लगाएका छन् ।

पहिलो चरणमा फ्रन्टलाइन काम गर्नेहरु, दीर्घकालीन रोग भएका व्यक्तिहरू, वृद्ध, मधुमेह रोग, दीर्घकालीन फोक्सोको रोग भएका व्यक्तिहरूलाई खोप दिइनेछ ।

ओमानको स्वास्थ्य मन्त्रालयले ६० प्रतिशत जनसंख्यालाई खोप दिने रणनीति तयार गरेको छ, जसलाई विभिन्न चरणमा विभाजन गरी खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

दोस्रो ब्याचको भ्याक्सिन आगामी जनवरीसम्ममा आइपुग्ने जनाएको छ । ओमानमा कार्यरत नेपालीसहित आप्रवासी कामदारले पनि यो खोप पाउने छन् । मन्त्रालयले तोकेको ४० स्वास्थ्य केन्द्रहरु मध्ये आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन सकिने जनाएको छ ।

ओमानमा यो समाचार तयार पार्दासम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या १ लाख २८ हजार ४७२ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या १ लाख २० हजार ९७६ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १ हजार ४९५ जना रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : १४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार