चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौ नेतृत्वको टोली भेटघाटमा व्यस्त | Khabarhub Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येचौ नेतृत्वको टोली भेटघाटमा व्यस्त

हिजो राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट, आज नेकपाका नेतालाई भेट्ने


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेको छ ।

टोलीले गएराति प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहयोगका क्षेत्र विस्तारका विषयमा कुराकानी गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ टोलीले प्रधानमन्त्री ओलीसँग दुई घण्टा बिताएको थियो । प्रधानमन्त्री ओलीले भेटमा एक असल छिमेकी देशको नाताले चीनले नेपालको आर्थिक विकासको क्षेत्रमा सहयोग गरेको र भविष्यमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरेको भट्टराईले बताए । उनकाअनुसार प्रधानमन्त्री ओलीले गत वर्ष भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको स्मरण गरेका थिए ।

भट्टराईले भने, ‘हाम्रो प्रधानमन्त्रीले राष्ट्रपति सीलाई नयाँ वर्ष २०२१ को शुभकामना सन्देश पठाउनुभयो । लामो समयदेखि नेपाल–चीन सम्बन्ध उत्कृष्ट रहेको र पछिल्लो समय झन दुई देश बीचको सम्बन्धलाई नयाँ उचाई दिन सफल भएको धारणा उहाँले राख्नुभयो। ’

प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ पक्षले आपसी हीत र सम्मानमा आधारित दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे चर्चा गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले भेटमा चिनियां राष्ट्रपति सी चिनफिङले नयां वर्ष २०२१ को शुभकामना सन्देश सुनाएका थिए । भेटमा दुवै नेताबीच नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे समेत छलफल भएको थियो ।

चिनियाँ टोलीले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो । आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको प्रतिनिधिमण्डल आइतबार काठमाडौँ आइपुगेको हो।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ९ : २९ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका