सरकारले फिल्म हल खोल्ने मौखिक सहमति दियो: अशोक शर्मा « Khabarhub

सरकारले फिल्म हल खोल्ने मौखिक सहमति दियो: अशोक शर्मा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले फिल्म हल खुला गर्न मौखिक सहमति दिएको छ । नेपाल चलचित्र संघका महासचिव तथा निर्माता अशोक शर्माले सरकारले हल सञ्चालनको अनुमति दिएको बताए ।

शर्माका अनुसार सरकारको मौखिक सहमति भए पनि मन्त्रिपरिषदबाट निर्णय भएको छैन । साथै, सरकारले सिनेमा हलमा कोरोनाको महामारीको मापदण्ड हल सञ्चालकले पूरा गरेको र नगरेको बारे पनि अनुगमन गर्ने भएको छ ।

यसअघि कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै नेपालमा गत चैत्र ६ गतेदेखि सिनेमा हल बन्द गर्ने निर्ण गरेको थियो । त्यसपछि नेपालमा लामो समय लकडाउन गरिएको थियो ।

हल सञ्चालकहरुले कोरोना महामारीपछि अब जनजीवन सामान्य भएको भन्दै गत पुस १० गतेदेखि नेपालभरका सिनेमा हल खोल्ने एकतर्फी निर्णय गरेका थिए ।

सिनेमा हल खुले पनि दर्शक भने फिल्म हेर्न हलसम्म पुगेका छैनन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ५९ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका