संसद विघटन गरेर ओलीले ‘कायरता’ प्रदर्शन गरे : नेता थापा « Khabarhub

संसद विघटन गरेर ओलीले ‘कायरता’ प्रदर्शन गरे : नेता थापा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा कांग्रेसले घोषणा गरेको देशव्यापी विरोध कार्यक्रम अन्तगर्गत नेपालगञ्जमा भएको सभामा उनले प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि संसद नै विघटन गर्नु ‘कायरता’बाहेक अरुक केही नभएको तर्क गरे ।

ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर राष्ट्रपतिको सहारामा संसदको विघटन गर्दा संविधान, लोकतन्त्रविरोधी कदम चालेको बताए । यसका विरुद्धमा कांग्रेस चुप लागेर नबस्ने उनको भनाइ थियो ।

थापाले देश नै अनिश्चयमा फस्ने अहिलेको अवस्था ओलीबाट मात्र आएको नभई यसमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल पनि दोषी रहेको बताए ।

तीन वर्षअघि भएको दुई पार्टीको ‘अपवित्र’ गठबन्धनको परिणाम देश, जनता र संसदले भोग्नुपरेको उनले बताए।

विद्यमान समस्याको कारण प्रधानमन्त्री बन्न पाइन्छ भन्ने नेकपा अध्यक्ष प्रचण्डको आकांक्षाले पनि काम गरेको उनको भनाइ थियो ।

संसद विघटन गरेर ओली सरकारले चुनावको मिति घोषणा गरेको भए पनि चुनाव हुनेमा आशंका रहेको भन्दै उनले यसतर्फ कांग्रेस सचेत हुनुपर्ने बताए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ५ : ३३ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि