नेकपा एकताका पक्षमा बागलुङका गाउँगाउँमा प्रशिक्षण | Khabarhub Khabarhub

नेकपा एकताका पक्षमा बागलुङका गाउँगाउँमा प्रशिक्षण


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले एकताको पक्षमा गाउँगाउँमा परीक्षण अभियान शुरु गरेको छ ।

आज बागलुङमा नेकपा बागलुङ जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा १३ दिने प्रशिक्षण, सङ्गठन विस्तार तथा भेटघाट अभियान शुरु गर्न थालिएको जानकारी दिएको हो ।

नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा आइतबार बागलुङ जिल्ला कमिटीको चौथो विस्थारित बैठकको निर्णयअनुसार १३ दिनभित्र गाउँगाउँमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी एकताका पक्षमा आजैदेखि अभियान शुरु गरेको नेकपा बागलुङले बताएको छ ।

केन्द्रमा नेकपाको दुई पक्ष भए पनि जिल्लाबाट एकताको सन्देश दिनका लागि यस्तो अभियान थालिएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

केन्द्रमा दुई धार भए पनि बागलुङमा एकताको सन्देश दिन यस्तो कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । सापकोटाले भने, “हामी कसैको पक्षमा भन्दा पनि एकता र संविधानको रक्षाका लागि जनतामाझ जान थालेका हौँ ।”

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : २४ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा