नेकपा एकताका पक्षमा बागलुङका गाउँगाउँमा प्रशिक्षण « Khabarhub

नेकपा एकताका पक्षमा बागलुङका गाउँगाउँमा प्रशिक्षण


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले एकताको पक्षमा गाउँगाउँमा परीक्षण अभियान शुरु गरेको छ ।

आज बागलुङमा नेकपा बागलुङ जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा १३ दिने प्रशिक्षण, सङ्गठन विस्तार तथा भेटघाट अभियान शुरु गर्न थालिएको जानकारी दिएको हो ।

नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा आइतबार बागलुङ जिल्ला कमिटीको चौथो विस्थारित बैठकको निर्णयअनुसार १३ दिनभित्र गाउँगाउँमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण पार्टी एकताका पक्षमा आजैदेखि अभियान शुरु गरेको नेकपा बागलुङले बताएको छ ।

केन्द्रमा नेकपाको दुई पक्ष भए पनि जिल्लाबाट एकताको सन्देश दिनका लागि यस्तो अभियान थालिएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए ।

केन्द्रमा दुई धार भए पनि बागलुङमा एकताको सन्देश दिन यस्तो कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । सापकोटाले भने, “हामी कसैको पक्षमा भन्दा पनि एकता र संविधानको रक्षाका लागि जनतामाझ जान थालेका हौँ ।”

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : २४ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन