पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रण बाहिर, डढेल पाथीभरा मन्दिर छेउ पुग्यो  « Khabarhub

पाँच दिनदेखि लागेको आगो अझै नियन्त्रण बाहिर, डढेल पाथीभरा मन्दिर छेउ पुग्यो 


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रुप लिन थालेको छ ।

आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आगलागी आज बिहान मन्दिर परिसरमा नै पुगेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ ।

मन्दिर छेउमै आगो पुगे पनि सोही भागका रुखपात हटाइएकाले मन्दिरमा आगलागी हुने सम्भावना भने नरहेको उनको भनाइ छ ।

मन्दिरको सुरक्षाका लागि स्थानीयवासी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

बिहीबार फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट आगलागी शुरु भएको थियो ।

आगलागी क्षेत्र मुख्यगरी वन्यजन्तु रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिन्छ । आगलागीले बहुमूल्य जडीबुटी तथा वनस्पतिका साथै विभिन्न प्रजातिका बोट बिरुवा नष्ट भएका छन् ।

आगलागीबाट वन्यजन्तु साथै उनीहरुको बासस्थानमा समेत असर पुगेको छ भने खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीयवासी समस्यामा परेका छन् । खानेपानीका लागि ल्याइएको झण्डै चार सय मिटर पाइप जलेर नष्ट भएको बताइएको छ । आगलागीको कारण अझै खुलेको छैन ।

यसैबीच मन्दिरसम्म आगो पुगेपछि आज सिम्रिक एयरको हेलिकप्टरबाट ढडेलो नियन्त्रण गर्न थालिएको छ । पाथीभरा क्षेत्रमा पानी नभएकाले हेलिकप्टरबाट पानी ओसारेर आगो नियन्त्रणमा ल्याउन लागिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ७ : २३ बजे

सुकुम्बासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण

काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने

इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र

बेइजिङ- इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन्