ल्याटिन अमेरिकामा शक्तिशाली भूकप्पपछि सुनामीको चेतावनी « Khabarhub

ल्याटिन अमेरिकामा शक्तिशाली भूकप्पपछि सुनामीको चेतावनी


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ल्याटिन अमेरिकी मूलुकहरुमा भूकम्पको झट्का महशुस भएको छ ।

जमैकाको समुद्री तट र पूर्वी क्युबाको सीमामा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प जाँदा त्यसको झड्का ल्याटिन अमेरिकी मूलुकहरुमा महशुस गरिएको हो ।

अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा तथा मोन्टेगो खाडी, जमैकाको १४० किलोमिटर उत्तर–पूर्वी क्षेत्र, निक्वैरो, क्युबाको १४० किलोमिटर पश्चिम–दक्षिणसम्म महसुस गरिएको थियो । भूकम्पपछिको क्षति विवरण प्राप्त हुन सकेको छैन ।

भूकम्पपछि अमेरिकी वैज्ञानिकहरुले समुद्री तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन । प्रशान्त सुनामी चेतावनी केन्द्रले जमैकाको तटीय इलाकामा सुनामी आउन सक्ने चेतावनी दिएको हो ।

सुनामीको असर जमैका, बेलिज, क्युबा, होन्डुरस, मेक्सिको र केमैन द्वीपमा समेत पर्न सक्ने पूर्बानुमान गरिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ७ : २१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले