आईटीमा हुने खर्च बढ्दो, यो बर्ष ३ खर्ब ९० अर्ब डलर खर्च हुँदै « Khabarhub

आईटीमा हुने खर्च बढ्दो, यो बर्ष ३ खर्ब ९० अर्ब डलर खर्च हुँदै


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईटी क्षेत्रमा लगानी बढ्दै गएको छ । सन् २०२० मा विश्वभर आईटी क्षेत्रमा करिब ३.९ खर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

यो गत वर्षको तुलनामा ३.४ प्रतिशतको वार्षिक वृद्धि हो । सन् २०२० यो बृद्धिसँगै ३.९ खर्ब डलर पुग्ने प्रक्षेपण गार्टनरले गरेको छ ।

गार्टनरका  अनुसार अर्को वर्षमा भने विश्व बजारमा आईटीमा हुने खर्च ४ खर्ब डलर पुग्ने अनुमान छ । यदपी राजनीतिक अनिश्चितताले गर्दा विश्व अर्थतन्त्र मन्दी पुगेकाले चुनौती समेत रहेको छ।

यो वर्ष आईटी व्यवसायमा सफ्टवेयर तीब्र गतिमा बढिरहेको बजार हुनेछ । यसको वृद्धिदर पनि दोब्बर अंकमा पुग्दै १०.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

अधिकांश इन्टरप्राइजेस सफ्टवेयरका साथमा अधिकांश बजार हिस्सालाई सफ्टवेयरलाई सेवाको रुपमा स्विकारोक्तिले बढाउने गार्टनरका रिसर्च भाइस प्रेसिडेन्ट डेभिड लभलकले बताएका छन ।

सन् २०२० सम्ममा क्लाउडका लागि हुने इन्टरप्राइजेज आईटी खर्च परम्परागत भन्दा तीब्र गतिले वृद्धि हुने गार्टनरको ठहर छ ।

क्लाउड प्रतिको लगावले गर्दा संस्थाहरुले गर्ने उच्च आईटी क्षेत्रको खर्चमध्ये क्लाउडमा हुनेछ । जसलाई नयाँ पुस्ताको अभिरुचीको प्रतिफल समेत भनिएको छ ।

 

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ०६ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली