सेनाका ‘सेकेण्ड लेफ्टिनेन्ट’: जो मानार्थ उपसेनानी बनेपछि पुन: पक्राउ परे « Khabarhub

सेनाका ‘सेकेण्ड लेफ्टिनेन्ट’: जो मानार्थ उपसेनानी बनेपछि पुन: पक्राउ परे


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– नेपाली सेनाको ‘सेकेण्ड लेफ्टिनेन्ट’ हुँ भन्दै स्थानीयलाई ‘ब्ल्याकमेल’ गरेको आरोपमा पक्राउ परी धरौटी बुझाएर छुटेका युवक पुनः पक्राउ परेका छन् ।

नेपाली सेनाकै छाप किर्ते गरी बनाइएको नक्कली परिचय पत्रसहित सुगम ठकुरी पुनः पक्राउ परेका हुन् । नेपाली सेनाको प्राड उपसेनानी हुँ भन्दै परिचय पत्र देखाएर जवरजस्ती रुपमा विराटनगर विमानस्थलमा प्रवेश गर्न खोज्दा ठकुरी पक्राउ परेका हुन् ।

उनले आफ्नो साथमा नेपाली सेनाको छाप तथा लागो प्रयोग भएको शुभम् विक्रम चन्द नाम लेखिएको प्राड (मानार्थ) उपसेनानी दर्जाको परिचय पत्र बोकेका थिए । आफू सेनाको नम्बर १ बाहिनी अड्डा काठमाडौंमा कार्यरत रहेको र छुट्टिमा घर आएको भन्दै ठकुरीले विमानस्थलका प्रहरीसँग नै हप्कीदप्की गरेका थिए ।

उनको व्यवहार शंकास्पद लागेपछि प्रहरीले परिचय पत्र भेरिफाइका लागि सेनालाई अनुरोध गरेको थियो । सेनाले उनको साथमा रहेको परिचय पत्रको कुनै पनि विवरण उपलब्ध नभएको जनाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले ठकुरीविरुद्ध सरकारी छाप, कागजात तथा दस्तखत किर्ते गरेको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

सुनसरीको दुहवी नगरपालिका–३ घर भएका ठकुरी यसअघि पनि सेनाको नक्कली परिचय पत्रसहित पक्राउ परिसकेका व्यक्ति हुन् ।

ठकुरीले त्यतिबेला आफूलाई सेनाको सेकेण्ड लेफ्टिनेन्ट भएको बताउने गर्दथे । आफू सत्तारुढ दल नेकपाकी नेत्री भगवति चौधरीको (पीएसओ)को रुपमा कार्यरत रहेको भन्दै उनले केही स्थानीयलाई ‘ब्ल्याकमेल’ समेत गरेका थिए ।

२०७४ सालमा पक्राउ परेका ठकुरीविरुद्ध प्रहरीले ठगी तथा सरकारी छाप किर्ते कसुरमा मुद्दा दर्ता गरेको थियो । पछि अदालतले उनलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : २२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग