चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३२, अवस्था भयावह « Khabarhub

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३२, अवस्था भयावह


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।

करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन ।

बीबीसीका अनुसार अहिलेसम्म ५ हजार ९ सय ७४ जना कोरोनाबाट संक्रमित भएका छन भने ९ हजार २ सय ३९ जनालाई संक्रमणको आशंका गरिएको छ । ६ करोड चिनियाँहरु कुनै न कुनै रुपमा कोरोना भाइरसबाट प्रभावित भएका छन्।

हुबेइ प्रान्तमा कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।कोरोनाको उद्भव बिन्दु मानिएको वुहानमा आइतबारदेखि निजी गाडी संचालनमा पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ ।कोरोनाको संक्रमण रोक्नका लागि अनेकौं प्रयत्न गर्दा पनि महामारी नहटेपछि आफ्ना नागरिकको आन्तरिक तथा बाह्य भ्रमणमा चीनले रोक लगाएको छ ।

गत डिसेम्बरमा चीनको बुवानमा देखिएको कोरोना भाइरस १६ वटा मुलुकमा फैलिएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ९ : १९ बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले